काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट पारेका छन् ।
रिपोटर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताए ।
“अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन,सङ्घीय सरकारले नीति बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने काम प्रदेश सरकार र स्थानीय तहको हो” मुख्यमन्त्री शाहीले भने ।
संविधानअनुसार मुख्यमन्त्रीलाई अधिकार दिनुपर्ने उनको भनाइ छ । “मुलुकमा १० वर्ष सशस्त्र युद्ध भयो, सात वर्षसम्म संविधानको बारेमा बहस भयो, अब पनि सानातिना कुरामा अल्झिन थाल्यौँ भने मुलुकको विकास कहिले गर्ने”, उनले प्रतिप्रश्न गरे ।
मुख्यमन्त्री शाहीले प्राकृतिक, भौगोलिक र सांस्कृतिकलगायतका क्षेत्रमा कर्णाली प्रदेश अब्बल रहेको दाबी गर्दै विकास, स्वास्थ्य र शिक्षाको हिसाबले प्रदेश पछि परेकाले त्यो पूरा गर्न वर्तमान प्रदेश सकार प्रयत्नशील रहेको बताए ।
प्रतिक्रिया