काठमाडौं – बुधबार बिहान बोलाइएको नेकपाको सचिवालय बैठक सरेको छ । प्रधानमन्त्री निवास बालुवटारमा बस्नेगरी बिहान ११ बजे तय गरिएको बैठक दिउँसो ३ बजेलाई सारिएको हो ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्रा्ष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठक दिउँसोका लागि सारिएको हो।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा पार्टीको तल्ला कमिटी एकता र सरकारको काम–कारबाहीबारे छलफल हुने नेताहरूले बताएका छन् ।
केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा अझै टुंगिएको छैन।जसले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योल सिर्जना भएको छ। प्रदेश ५ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाउँदै आएको छ।
प्रतिक्रिया