डोटीको रुवसकाँडामा बस दुर्घटना,२४ घाइते, नाैं जनाको अवस्था गम्भीर

डोटीको रुवसकाँडामा बस दुर्घटना,२४ घाइते, नाैं जनाको अवस्था गम्भीर


धनगढी – दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस बिहिबार बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये बस धनीसहित ९ जनाको अवस्था गम्भीर छ। बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक कञ्चनपुरको कृष्णनगर-२ का ३४ वर्षीय पदम पन्त र बस धनी बेतकोट–१० का ३० वर्षीय हरतसिंह भण्डारीलाई थप उपचारका लागि भारतको खाटीमा रिफर गरिएको छ।

अन्य गम्भीर घाइते सात जनाको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुरको बेलडाँडी–१ का २७ वर्षीय महेशसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत भोजराज अवस्थी, दार्चुला मार्मा–१ का ३८ वर्षीय अम्बरसिंह ठगुन्ना, सुर्खेत वीरेन्द्रनगर–३ का २४ वर्षीय प्रदीप सुनारको उपचार पद्मा अस्पतालमा भइरहेको हो।