कार्यदल बनाउने एमालेको निर्णय, पार्टी एकताविरुद्ध बोल्न प्रतिबन्ध

कार्यदल बनाउने एमालेको निर्णय, पार्टी एकताविरुद्ध बोल्न प्रतिबन्ध


काठमाडौं – नेकपा (एमाले) ले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकताका लागि सांगठनिक कार्यदल बनाउने निर्णय गरेको छ।

 

 

सोमबार बसेको पार्टी स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने औपचारिक निर्णय गरेको हो।

 

 

पार्टी एकता प्रक्रियालाई गतिदिन पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णयसमेत गरिएको छ।

 

 

बैठकमा अध्यक्ष ओलीले आईतबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटवारे बिफ्रिङ गर्दै पार्टी एकता प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन ढिलाई गर्न नहुने बताएका थिए।

 

 

यसैगरी, पार्टी एकताबारे जथाभावी अभिव्यक्ति नदिन पनि नेताहरूलाई निर्देशन दिइएको छ।