३ वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल निर्माण,लागत १ खर्ब १६ अर्ब

३ वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल निर्माण,लागत १ खर्ब १६ अर्ब


काठमाडौं – काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्नेबारे चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी)ले काठमाडौं र ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेको छ।

मनोरेल सञ्चालन सम्बन्धी अध्ययन गरेको चिनियाँ कम्पनी सिसिआरसीले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने दावी सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने सिसिआरसीको प्रतिवेदनमा उल्लेख छ। सिसिआरसीले काठमाडौँ महानगर तथा ललितपुर महानगरपालिकालाई उक्र प्रतिवेदन पेश गरेको हो।

आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुने उल्लेख छ।सो प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने बताइएको छ। मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिकाबीच सम्झौता पत्रमा आजै हस्ताक्षर भएको छ।

अब मोनो रेल निर्माण गर्ने या नगर्ने विषयमा थप छलफलपछि कार्य प्रारम्भ हुने छ । महानगर प्रमुखहरुले भने प्रतिवेदनमाथि छलफल गरेपछि डिपिआर बनाइने बताए ।