गोविन्द केसीलार्इ रिहा गर्न पूर्वप्रधानमन्त्री भट्टराईको माग, प्रहरी हिरासतमै अनशन

गोविन्द केसीलार्इ रिहा गर्न पूर्वप्रधानमन्त्री भट्टराईको माग, प्रहरी हिरासतमै अनशन


काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रहरी हिरासतमा रहेका प्राडा गोविन्द केसीको रिहाइको माग गरेका छन्।

 

 

अवहेलनाको ठहर गर्दै सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि महानगरीय प्रहरी परिसरले सोमबार बेलुका डा. केसीलाई अनशन स्थलबाटै पक्राउ गरेको थियो।

 

 

पूर्वप्रम भट्टराईले बुधबार राति ट्वीट गर्दै डा.केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गरेका हुन्। डा. केसी प्रहरी हिरासतमै अनशनमा रहेका छन्।

 

 

‘मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दुःखी छु।डा.केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु। चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ,’ भट्टराईले भनेका छन्।

 

फाइल फाेटाे