गोविन्द केसीको पक्राउबारे माओवादीले मुख खोल्यो

गोविन्द केसीको पक्राउबारे माओवादीले मुख खोल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रले गोविन्द केसीको पक्राउबारे मुख खोलेको छ । माओवादी केन्द्रका सचिवालय सदस्य सुर्य सुवेदी ‘पथिक’ ले जनपक्षीय ऐजेण्डा बोकेका केसीलाई पक्राउ गरेकोमा विरोध जनाएका छन्  । केसी पक्राउ परेपछि माओवादी केन्द्रको तर्फबाट सुवेदीले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन ।

 

 

उनले केसीलाई गिरफ्तार गर्नु र अदालतको मानहानि कसुरमा मुद्दा चलाउने परपञ्चलाई किमार्थ सही कदम मान्न नसकिने बताएका छन् ।  

 

सुवेदीले सामाजिक संजाल फेसबुकमा यस्तो पोष्ट गरेका छन् –
म गोविन्द केसीलाई गिरफ्तार गर्नु र अदालतको मानहानि कसुरमा मुद्दा चलाउने परपञ्चलाई किमार्थ सही कदम मान्दिन।
स्वस्थ क्षेत्रमा भइरहेको माफियागिरीको बिरुद्द सतिसाल केसीका सोचाइ र प्रक्रियासंग असमहत होइएला तर वहाका एजेण्डा जनपक्षीय छन् भन्ने हेक्का सबैले राखेर कदम चाल्दा भलो हुनेथियो की ।