काठमाडौं-चीनको पुर्वी प्रान्तमा अत्याधिक चिसो बढेसंगै परेको भिषण हिउ बर्षाको कारणबाट २१ जनाको मृत्यु भएको छ ।
चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगको अनुसार जनवरी पहिलो साताबाट परेको हिमपातबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको हो ।
हिउ प्रभावित क्षेत्रहरु हुबेई, हेनान, अन्हुई, र जिआन्सु प्रान्तहरु रहेका छन् । हिउ बर्षाबाट कृषीबाली र घरहरु पुरीएका छन् भने मानिसहरु आवत जावत गर्न समस्यामा परेका छन् ।
हिम प्रकोपबाट अहिलेसम्म झन्डै ४ हजार भन्दा बढी मानिसहरु विस्थापित भैसकेका छन भने करिब १४ हजार मानिसहरुलाई मानविय सेवा आवस्यकता रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया