काठमाडौं-दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा उत्तर कोरियाले पनि भाग लिने भएको छ । प्रतियोगिता सन् २०१८ को फेब्रुवरीमा हुनेछ ।
दुई देशबिचको विवादले उग्ररुप लिइरहेको बेला उत्तर कोरियाले शीतकालिन ओलम्पिकमा भाग लिने निर्णय गरेको हो । उत्तर कोरियाको निर्णय अनुसार फेब्रुवरीमा खेलाडीहरुसंगै सर्मथक र प्रशिक्षकहरु पनि दक्षिण कोरियिा जानेछन् ।
गत हप्ता उत्तर कारियाका शासक किम जोङ उनले आफ्नो देश शीतकालिन आलम्पिकमा भाग लिन सक्ने बताएका थिए । दक्षिण कारियाले विशेषरी यस ओलम्पिकलाई उत्तरसंगको सम्बन्ध सुधारको लागी पनि प्रयोग गर्ने बताइएको छ ।
प्रतिक्रिया