काडमाडौं – माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको प्रक्राउको विरोध गरेका छन् ।
उनले ट्वीट गर्दै डा.केसीलाई प्रक्राउ गर्नु कानूनको नाममा ठुलो ज्यादती भएको बताएका छन् ।श्रेष्ठले शान्तीपुर्ण सत्याग्रहविरुद्ध हतियार उठाउनु गल्ती भएको र अदालत ‘भगवान’ नभएको बताएका छन् ।
बरिष्ठ नेता श्रेष्ठले ट्वीट गर्दै भनेका छन् , “डा.गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा ज्यादति हो । अदालतको मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरी दोहोर्याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायलयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन ।”
प्रतिक्रिया