रोल्पा पुगेर उर्जामन्त्रीले भने – संघियताको सफल कार्यान्वयनको लागी सबै एकजुट हुन आवश्यक छ 

रोल्पा पुगेर उर्जामन्त्रीले भने – संघियताको सफल कार्यान्वयनको लागी सबै एकजुट हुन आवश्यक छ 


रोल्पा-  उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले संघीयतालाई सफल पार्न सवै एकजुट हुनुपर्ने बताएका छन् । उनले संघियतालाई असफल पार्नका लागि विभिन्न समूहले संघीयताप्रति भ्रम फैलाएकोको भन्दै त्यसलाई चिर्नका लागि नेपालका सबै राजनीतिक पार्टीहरु एक ठाउंमा उभिनुपर्ने बताए ।

नेपालको संघीयता आम नेपाली जनताको  त्याग र बलिदानबाट आएको भन्दै उनले संघीयतालाई सफल रुपमा कार्यन्वयन गर्नका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे ।

जिल्ला समन्वय समिति रोल्पाद्वारा आर्थिक वर्ष २०७४\०७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले राज्यले गास, बास र कपासको व्यवस्था गर्न कुनै कसर नराख्ने दावी गरे ।

उनले जनताबाट करमात्रै लिने तर, विकास नगर्ने हो भने राज्यप्रति नकरात्मक धारणा बन्ने भएकाले त्यसमा ध्यान दिन सबै जनप्रतिनिधीहरुलाई आग्रह समेत गरे । उनले २०५२ साल अगाडिको जनयुद्धकालीन रोल्पालाई बदलेर शान्तिप्रक्रियापछिको नयां रोल्पा बनाउने आफ्नो योजना रहेको समेत सुनाए ।

नेकपाका स्थायी समिती सदस्य समेत रहेका मन्त्री पुनले विकासका लागि अब संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।