काठमाडौं-आगामी माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनको लागी निर्वाचन आयोगमा अहिलेसम्म दश ओटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगका कानून तथा राजनन्तिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमल्सिनाका अनुसार नेकपा एमाले, नेकपा माओवादी सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी) र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।
आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् ।-रासस
प्रतिक्रिया