दरबारमार्ग र कमलपोखरीका डिएसपीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

दरबारमार्ग र कमलपोखरीका डिएसपीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको भातृ संगठन अनेरास्ववियुले नेपाल प्रहरीका दुई डिएसपी र एक इन्सपेक्टरका विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला र महासचिव ऐन महरमाथी प्रहरीले दमन गरेको भन्दै उनिहरुले मंगलवार आयोगमा उजुरी दिएका हुन ।

 

अखिलले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती, कमलपोखेरी वृत्तका डिएपी कुलदीप चन्द, र महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर निशान थापाले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको आरोप लगाएको छ ।

 

 

अनेरास्ववियुले दिएको उजुरीमा उनिहरु तीनै जनालाई हदैसम्म कारबाहीको माग गरिएको छ । पेट्रोलियन पदार्थको मूल्यबृद्धिको विरोधमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा महर र बर्तौलासहित एक दर्जन विद्यार्थी घाईते भएका थिए ।

 

अनेरास्ववियूकी अध्यक्ष नविना लामालले शान्तिपूर्ण आन्दोलनमाथी प्रहरीले हस्तक्षेप गरेको भन्दै दोषिलाई कारवाही हुनुपर्ने बताईन । उनले पीडितलाई न्याय दिन मानवअधिकार आयोग पुगेको जानकारी समेत दिईन ।