संसदमा नेकपाका सांसद सिलवालको प्रश्न: भुटानले भारतीय नोट साट्दा हामीले किन सकेनौं ?

संसदमा नेकपाका सांसद सिलवालको प्रश्न: भुटानले भारतीय नोट साट्दा हामीले किन सकेनौं ?


काठमाडौं– भारत सरकारले सन् २०१६ नोभेम्बर ८ मा पाँच सय र एक हजार नोट प्रतिबन्ध गर्ने निर्णयबाट नेपाल अझै पीडित रहेका बेला सत्तारुढ दल नेपाल कम्युस्टि पार्टीका सांसद नवराज सिलवालले प्रतिनिधि सभामार्फत् सरकारलाई प्रश्न तेर्स्याएका छन्।

नेपालसँग बैंकिङ च्यानल र सर्वसाधारणसँग रहेको करिब ७ अर्ब भारु सटही हुन नसकी मकैको खोसेला सरह बनेका बेला
ललिपुरबाट निर्वाचिन सांसद सिलवालले भारतीय रुपैयाँ भुटानले साट्न सक्ने तर नेपालले किन नसक्ने भन्दै सरकारलाई प्रश्न सोधेका हुन्।

पाँच सय र हजारको भारतीय नोटहरु नेपाली बैंकमा हुँदा पनि साट्न नसकिएको तर्फ सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै सांसद सिलवालले भने, ‘भुटानले साट्न सक्ने तर हामीले किन नसक्ने ? सरकार र भारतका बीचमा सम्बन्ध बिग्रेको हो।

यसले जनतासँग सम्बन्ध राम्रो नबनाउने उनको भनाइ छ।