काठमाडौं– सोसियल इकमर्स साइट सगुनले एन्डोइड मोबाइल एप सार्वजनिक गरेको छ।
सगुनले मंगलबार नयाँ दिल्लीमा मोबइल एप सार्वजनिक गरेको हो।
अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोबइल एप प्ले स्टोरमार्फत सार्वजनिक गरेको हाे।
दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोबाइल एप डेभलप गरिएको सगुनका स्थापक गोविन्द गिरीले बताए।
उनका अनुसार एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध एपले प्रयोगकर्ताको गोपनियतालाई ध्यान दिएको छ। सगुनको मोबाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने गिरीको दाबी छ।
एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुन्छ।
कुराकानीका क्रममा नजिकका मानिससँग धेरै गोप्य कुराहरु सेयर गरिन्छ। जब सम्बन्धमा अनबन हुन्छ, त्यही कुराकानीलाई स्क्रिन सट बनाएर सामाजिक संजालमा छरपस्ट पार्नेहरु धेरै छन्।
यस्ता अविश्वासीहरुलाई प्रमाण संकलन गर्न सगुनले अब दिने छैन। यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ। यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोबाइल एपमा छ।
सगुनको मोबाइल एप वेव भर्सनको अर्को रुप हो। मोबाइलमा वेव ब्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ।
यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ। कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ। यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ।
आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ। यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ। यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ।
अल इन वन एप जस्तै छ सगुन। अर्थात् ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै गरी सुविधा पाउन सकिनेछ।
प्रतिक्रिया