चुनावका प्रतिवद्धता पुरा गर्दै युवा नेता राजीब पहारी

चुनावका प्रतिवद्धता पुरा गर्दै युवा नेता राजीब पहारी


काठमाडौं– युवा संघका अध्यक्ष एवम् कास्की–३ प्रदेश सभा ‘ख’ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य राजीब पहारी जनताको घरदैलोमा व्यस्त छन्।

 

चुनावको बेला जनतासामु गरेका प्रतिबद्धता पुरा गर्दै, जनताको मन जित्दै हिँडेका छन्।

 

 

पोखराबाट केहि समयमै पुग्न सकिने कास्कीकोटका जनता चुनाव अघि पानी खानको लागि घन्टौं हिँडेर पानी बोकेर खान बाध्य थिए।

 

चुनाव प्रचारप्रसारको क्रममा पहारीले भनेका थिए, ‘मैले हारे पनि जिते पनि जनताको घरघरमा पानी पहल गर्छु।’

 

 

उनले जनता माझ आज १५०० मिटर पानि ल्याउने पाइप मंगलबार एक कार्यक्रम आयोजना गरी बितरण गरेका छन्।

 

 

उनको यो काम बाट जनता उत्साहित भएका छन्। अब उक्त पाइपको प्रयोग बाट जनताको घरघरमा पानि पुग्ने छ। घन्टौंसम्म बोकेर पानी खानुपर्ने जनताको बाध्यता समाप्त हुने स्थानीयको विश्वास छ।