सुडानमा बिद्राेही सेनाद्वारा नेपाली सेना माथि गाेलि प्रहार

सुडानमा बिद्राेही सेनाद्वारा नेपाली सेना माथि गाेलि प्रहार


काठमाडौँ– संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाका जवानमाथि विद्राेही सेनाले गोली प्रहार गरेकाे छ ।

शान्ति स्थापनार्थ गएकाे नेपाली सेनाकाे श्री सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवानमाथि गत भदौ ३० गते गोली प्रहार भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । घाइते सैनिकको नाम भने खुलाइएको छैन । स्थानिय समय अनुसार करिब बिहान ८ः३० बजे गोडामा गोली लागि घाइते भएको बताइएको छ ।  घाइते सैनिकलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र हाल उनको अवस्था खतरा मुक्त रहेको छ ।

दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पट्राल फर्कने क्रममा गोली लागेको थियो । उक्त गोली दक्षिण सुडानको पिपल्स लिबरेसन आर्मी (एसपिएलए) ले प्रहार गरेको नेपाली सेनाले जनाएको छ ।

सन् १९५८ देखि द्वन्द्वग्रस्त मुलुकमा विश्व शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाले ४२ वटा देशमा शान्ति स्थापनाका लागि योगदान पुर्याइसकेकाे छ।