सरकारलार्इ साैरभका परिवारकाे प्रश्न : आफै‌ंले घाँटी थिचेर मृत्युवरण सम्भव छ ?

सरकारलार्इ साैरभका परिवारकाे प्रश्न : आफै‌ंले घाँटी थिचेर मृत्युवरण सम्भव छ ?


काठमाडौं– मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।

 राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा पीडितका  परिवारले  प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै अाराेप लगाए।

मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।

उनले भनिन्,‘मेरो छोरा अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखिनै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिदैनन् भन्ने लाग्दथ्यो, हुनपनि त्यस्तै गरे, राजा वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्डलाई एकादेशको कहानी बनाउने देशमा हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन् ? दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन्, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानूनको भागिदार हुनेछ ।’

त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको बताए । उनले शक्तिशाली अनुशन्धान आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने,‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भिर भएर लिएको पाईँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’

सरकार अपराधीलाई संरक्षण गर्दैछ भनेर उनको आरोप छ । उनले थपे,‘किटानी लिनसमेत मानेको छैन्, घट्नाको निश्पक्ष छानविन हुनुपर्छ भन्नेमा हामी छौं । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ, सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी पशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’

उदयनारयण सापकोटाले उक्त घट्ना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठी समेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए ।

उनले भने,‘पछिल्लो समयमा मलुकभर बलात्कार हत्याका श्रीङ्खलाबद्ध घट्नाहरु बढिरहेका छन्, निर्मलाका हत्यारालाई कारबाही गर्न भन्दै सडकमा ओर्लेका अर्को एकजना मानिसले ज्यान गुमाउनुपर्यो, त्यस्तै हामीले पनि सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खानुपर्छ भने तयार छौं । गृहमन्त्री रामबहादुर थापाले आफ्ना सुरक्षा अंगहरुलाई आदेश दिए हुन्छ, हामी छाति थाप्न तयार छौं, कुनै व्यक्तिको रहस्यमय तरिकाले हत्या गरिन्छ, अनि अर्को व्यक्तिले मृतकको न्यायको लागि गोली खानुपर्छ, सँगै बसेर पढेका र शंका लागेका कुवर थापा र शत्रुधन यादवलाई सोधपुछ गर्दा हामीलाई किन सोध्ने ? भन्ने ठाउँमा भन्छौं भनेर जवाफ दिन्छन् ।’

मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । उनले भनिन्,‘मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’

पीडित परिवारले जारी गरेको विज्ञप्ती

नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रबृत्तिमा नोबेल मेडीकल कलेज बिराटनगरमा अध्यनरत मेरो छोरा सौरभ उप्रेतीको हत्या भएको आज ४८ दिन भयो ! घटनाले हामी परीवार सदस्य, समाज र राष्ट्र लाई पुगेको चोट एउटै र उस्तै हुनु पर्ने हो । यदी सौरभ उप्रेती मेरो छोरा नभएर छोरी हुन्थ्यो भने पहिला बलत्कार हुन्थ्यो अनी हत्या, तर यहाँ करणी बिना हत्या हुनुको कारण सौरभ छोरा भएर मात्र हो । बलत्कार भनेको एउटी छोरी मान्छेलाई जबरजस्ती करणी गर्नु मात्रै हो र ? पक्कै होईन ! ःद्यद्यक् अन्तिम बर्ष अध्यन सकि फाईनल परीक्षा दिईरहेको मेरो एक्लो छोरा जो नेपाल सरकारको कोटामा सरकारकै लगानीमा अध्यन गर्दै थियो, अध्यनमा अब्बल रही कलेज टपर बिद्यार्थी थियो सौरभ, त्यस्तो होनाहार बिद्यार्थीको साउन १५ गते मध्यराती सुतिरहेकै अवस्थामा हत्या हुनु बलत्कार भन्दा सानो घटना हो जस्तो लाग्दैन !

यो त झन बिकराल बलत्कार हो, ःद्यद्यक् अध्यन सकेको बिद्यार्थीको बिनाकारण हत्या हुन्छ भने त्यो सौरभको जिबन संगको बलत्कार हो की होईन ? परिवारको एक मात्र छोराको हत्या भनेको सिंगो परिवारको सहारा र भरोषा माथिको बलत्कार हो की होईन ? राज्यको कोटा बाट सरकारी लगानीमा अध्यन गरीरहेको होनाहार बिद्यार्थीको हत्या राज्यको नितिगत लगानी र राज्यले देखाएको बिश्वास माथि गरीएको बलत्कार हो की होईन ? ःद्यद्यक् अध्यन सकेको बिद्यार्थी अबको केही दिन पछी बाट राज्यका गरिब निमुखा बिरामीहरुको उपचारको लागी खटिने बेलामा हत्या हुनु स्तरीय उपचारको लागी अब्बल डाक्टर पर्खिरहेका बिरामी हरूको आशातित भावना माथिको बलत्कार हो की होईन ? यसको जवाफ सरकारले दिनु पर्ने की नपर्ने ?? अनी प्रतिपक्षमा बसेर सरकारलाई सचेत बनाउने जिम्मेवारी सम्हालेका प्रमुख प्रतिपक्षी दलहरूले सदनमा यसलाई मुद्दा बनाउनुपर्ने की नपर्ने ???

राज्यले आम जनतालाई न्यायको प्रत्याभुति गराउने की नगराउने भन्ने सवाल ले रात दिन झस्काइरहन्छ र पनि न्यायको अन्तिम आशा राज्य संग राख्नुको बिकल्प पनि त छैन हामी संग । निर्मला पन्तको घटना लाई लिएर सिंगो देश रोयो तिन करोड नेपालीको आंखा रसाए अनी सौरभ उप्रेतीको हत्याको खबर संम्म पनि राम्रो संग आउंदैन किन ? राज्यको चौथो अंग मानिएको पत्रकार मित्र हरूले निश्पक्ष पत्रकारिताको धर्म निभाउदैं गर्दा बिराटनगर नोबेल मेडीकल कलेजमा अध्यनरत बिद्यार्थीको हत्या जस्तो जघन्य घटना लाइ गहीरो गरी खोतल्नु पर्ने हैन र ? कञ्चनपुर घरमै पूगी निर्मला पन्तको परीवार लाई भेटेर बिभिन्न शिर्षकमा हेडलाइन समाचार बनाउने पत्रकार मित्र हरू एक पटक सौरभको परीवार सदस्यलाई भेटेर वहां हरूको कुरा सुनेर त्यो पिंडा लाई सार्वजनिक गर्नु पर्दैन र ? त्यो पत्रकारिताको धर्म हैन र ?? कि ठुलो समाचार बनाउन करणी सहीतको बलत्कार नैं हुनु पर्ने हो र ? सौरभ न्याय नमरेको राज्यका नागरीक हुन भने घटनाको बिशेष छानविन गरी उनको हत्यारा सार्वजानिक गरी न्याय दिलाईदिनुहुन संम्पुर्ण सरोकार वाला हरू संग बिन्ति गर्दछु ।

अनुत्तरीत प्रश्नहरू

१. घटनाबारे संगै अध्यनरत साथि त्यस दिन पनि संगै सुतेको भनिएको साथि लाई बिहान करीब ५ बजे थाहा भयो भनियो तर परिवार सदस्यलाई बिहान ७ बजे पछी घरबेटीले फोन गरेर घटनाको जानकारी गराइयो त्यो पनि अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेको छ भनेर । मृत्यू भैसकेको मान्छेलाई उपचार भैरहेको छ भनेर किन भनियो ? ५ बर्ष देखि संगै बस्ने साथीले किन जानकारी गराएन ?

२. अचेत अवस्थामा नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ भन्ने जानकारी पश्चात इमरजेन्सीमा फोन गरेर सोद्धा डिउटीमा रहेका अस्पताल कर्मचारीले मृत्यू भैसकेको जानकारी गराउँदा पनि कलेज प्रशासनलाई घटना बारे फोन गरी सोद्धा हामीलाई थाहा छैन किन भनियो ?

३. लासलाई अस्पताल पुर्याएको केही घण्टा पछी मात्र प्रहरीले घटना बारे जानकारी पाएको छ । घटना बारे प्रहरीलाई किन समयमा जानकारी गरिएन ?

४. घटनाको राति संगै सुतेका भनिएका साथि ःद्यद्यक् अध्यन सकि फाईनल परीक्षा दिईरहेका छन, उनलाई मान्छे जिउदै छ की मृत्यू भैसकेको छ भन्ने सामान्य जानकारी हुन्छ की हुंदैन ? करिब ६र७ घण्टा अगाडी मृत्यू भैसकेको लासलाई प्रहरीलाई खबरै नगरी किन उठाएर अस्पताल पुर्याइयो ? त्यो पनि वर पर छर छिमेक कसैलाई नबोलाईकन हल्लाखल्ला नगरीकन किन लास उठाइयो ?

५. अस्पताल लैजाने क्रममा संगै बस्ने र संगैको कोठामा बस्ने दुई जनाकै कपडा रगताम्य भएको रहेछ, त्यो कपडा प्रहरी लाई नदेखाएर किन दराज पछाडी कुनामा कोचियो ? प्रहरी अनुसंधान त्यस तर्फ किन इंगित छैन ?

६. राति सांढे १ बजे संम्म संगै पढेर बसेको साथि बिहान खाट भन्दा तल मृत अबस्थामा फेला पर्यो तर मैले घटना बारे केही पनि थाहा पाईन भनेर संगै सुतेको भनिएको साथिले भन्नु कत्तिको बिश्वास लाग्दो बयान हो ?

७. घटना स्थल भनिएको चार कोठे एक तले कम्पाउण्ड नभएको घर एकान्त स्थलमा झण्डै घुंडा घुंडा पानीको को बिचमा बाटो बाट करिब ७० मिटर पर १०० मिटर भन्दा नजिक अर्को कुनै छिमेकी घर नरहेको टापु जस्तै छ । घटनास्थल भनिएको कोठामा दुई ओटा ढोका छन् । एउटा घरको प्यासेज बाट छ भने अर्को पछाडी बाट घर बाहीर निस्कने गरी छ । साथि कुवेर सिंह थापाको बयान अनुसार उनीहरू अत्याधिक गर्मिको कारण प्यासेज तर्फको ढोका खुल्ला राखेर सुत्ने गर्थे, तर त्यस दिन त्यो ढोका कसले बन्द गर्यो थाहाछैन तर भित्र बाट बन्द थियो भन्ने छ, स्मरण रहोस त्यसै कोठाको पछाडी तर्फ रहेको ढोका बन्द थियो या खुल्ला थियो खुलाईएको छैन किन ? कोठाको पश्चिम भित्तामा करिब एक फिट ग्याब गरि राखिएको सांढे दुई फिट अग्लो किताबले भरिएको टेबलमा ल्यापटपको एडप्टर अड्काएर आफैंले पार्सल ह्याङ्गीङ गरेको हो भनेर प्रहरीलाई जानकारी गराउँनु आफैंमा अपत्यारिलो कुरा हुँदा हुँदै पनि प्रहरीले आफ्नो अनुसन्धान त्यस तर्फ मात्र गर्नु कति सान्दर्भिक होला ? करिब ६ फिट अग्लो मान्छे सांढे दुई फिट अग्लो टेबलमा झुण्डिएर मर्न सक्छ ? घटना स्थलमा रहेको चक्कु इट्टा कांडा लौरो किन बरामद गरिएन ? प्रहरीको अनुसन्धान त्यस तर्फ मोडिनु पर्ने हो की हैन ?

८. यदी प्रहरीले घटनालाई कर्तब्य पनि हुन सक्छ भन्ने ठानेको भए घटना स्थल सुरक्षीत राख्नु पर्ने हो की हैन ? घटना स्थलमा भेटिएको चक्कु बरामद गर्नु पर्ने हो की हैन ? घटना स्थलमा रहेको इट्टा, कांडे लौरो बरामद गर्नु पर्ने हो की हैन ? लासको शरिर को बिभिन्न ठांउमा प्रतक्ष्य चोट देख्दा देख्दै यी सब सबुद हुन सक्ने बस्तु हरू बरामद नगर्नुले घटनाको अनुसन्धान कता तर्फ डोहोरिदै छ भनेर अड्कल गर्न सकिन्छ की सकिदैन ? घटनास्थल भनिएको ठांउमा दुई खाटको बिचमा रहेको किताब राखेको टेबल लडेर किताब छरपष्ट छ, कार्पेट माथि ओच्छ्याईएको तन्दा सोहोरीएर एकै ठाउँमा गुजुल्टिएको छ तर लास रहेको भनिएको टेबलमा दांया बांया अड्याएर राखिएको गिटार किन लडेको छैन ? त्यस तर्फ प्रहरी अनुसंधान किन गर्दैन ?? मृतकको देब्रे घुंडा भन्दा केही माथी तिघ्रामा पनि चोट छ त्यसलाई पनि बेवास्ता गरीएको छ किन ?

९. लास बोकेर अस्पताल लैजाने संगै रहेका हरूले लुकाएर दराज पछाडी चेपमा राखेका रगताम्य कपडा प्रहरीले किन समयमा बरामद गरेन ? हामी परीवार सदस्य दिउसो करिब एक बजे पछी घटनास्थल पुग्दा त्यो कपडा देखी प्रहरीलाई देखाएपछी बल्ल त्यो कपडा बरामद गरीयो तर पनि अनुसन्धान त्यस तर्फ गरीएको देखिएन किन ?

१०. घटनाको राति संगै सुतेको भन्ने तर घटना बारे मलाई केही पनि थाहा छैन भन्ने अनी लास लाई घटनास्थल बाट वरपर छरछिमेक प्रहरी कसैलाई खबरै नगरी झिसमिसेमै अस्पताल पुर्याउने, पांच बर्ष देखि संगै एउटै कोठामा बसेर पढ्ने साथिको मृत्यू हुंदा संम्म पनि घरमा फोन गरेर परीवार लाई जानकारी नगराउने साथि लाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान नगर्नु ले घटनाको अनुसन्धान कता तर्फ मात्र ईङ्गित छ भनेर बुझ्न गारो पर्ला र ?

११. पोष्टमार्टम रिपोर्ट भिसेरा रिपोर्ट समयमैं प्राप्त भैसक्दा संम्म पनि किन प्रहरी सो रिपोर्ट बारे बोल्दैन ?

१२. पोष्टमार्टम रिपोर्टमा मृत्यूको कारण क्तचबलनगबितष्यल ःगतिष्उभि ीष्नबतगचभ भन्ने प्रष्ट हुंदा हुंदै पनि संगैको साथि लाई गिरफ्तार गरेर किन अनुसन्धान गर्दैन प्रहरी ?

१३. आफुले आफ्नै घांटी थिचेर आफैंलाई मारेको हो भनेर पुष्टी गर्न अनेक ताना बाना गरी केही काल्पनिक प्रमाण संकलन गर्ने दुष्प्रयास गर्दैछ प्रहरी किन ?

१४. के जमिनमा बसेर आफुले आफ्नै घांटी थिचेर नाक कान बाट रगत चुहांउदै मृत्यू बरण गर्न सम्भब छ ?

१५. गत साउनको १५ गते राती घटेको घटनाको सत्य तथ्य भदौ सकिएर असोज लाग्दा संम्म पनि किन सार्वजनिक गरिदैन ? यसको रहस्य केही हुन सक्छ की सक्दैन ??

१६. भदौ ९ गते प्रहरी महानिरीक्षक ज्यूले हाम्रै अगाडी मोरङ प्रहरी प्रमुखलाई प्रतिवेदन बारे जानकारी लिंदा प्रतिवेदन तयार छ, सौरभले एक्यूट डिप्रेसन भएर सुसाईट गरेको हो भन्ने जवाफ आयो, महानिरीक्षक ज्यूले हामीलाई मोरङ गएर प्रतिवेदनको कपी बुझ्न आग्रह गर्नु भयो र सोहि बमोजिम हामी ८ दिन पछी भदौ १७ गते मोरङ गयौं तर पनि प्रतिवेदन सार्वजनिक गरिएन किन ? जबकी हामीले ति ८ दिनमा त्यस्ता प्रकृतीका घटना सम्बन्धिका बिभिन्न बिज्ञ हरू संग बुझ्दा यस्तो प्रकृतीको घटना आत्मा हत्या पुष्टी हुन सक्दैन भन्ने बुझिएको छ ।

१७. कञ्चनपुर निर्मला काण्ड बाट झस्किर मोरङ प्रहरीले भदौ ९ गते पहीलानै तयारी गरेको प्रतिवेदन सार्वजनिक गर्न अनुकुल समय पर्खिएको त हैन ? यदी त्यसो हो भने आम नेपालीले यस्ता घटना भोली आफु आफन्त या परिवारमा समेत घट्न सक्ने कुरामा सचेत भएर यो घटनामा चासो ब्यक्त गर्नु पर्ने महशुस भएको छ ।

१८. प्रहरीले यदि सांच्चै न्याय दिन खोजेको हो भने घटनाको रात संगै रहेको भनिएको ब्यक्ति लाई हिरासतमा राखेर किन अनुसन्धान गर्दैन मोरङ प्रहरी ?

१९. संगै सुतेको भनिएको साथि संग हामी परीवार सदस्यले घटनाको दिन सोधेको प्रश्नको जवाफ र १५ दिन पछी सोधेको सोही प्रश्नको जवाफ किन फरक फरक आउंछ ? तर प्रहरी भने पोलीग्राफ गर्दा समेत जवाफ फरक परेको छैन भन्छ किन ?

२०. स्मरण रहोस, यस अघि पनि पटक पटक नोबेल मेडीकल कलेजमा अध्यनरत अब्बल बिद्यार्थी हरूको रहस्यमय मृत्यू भएको छ र सबै घटनालाई आत्मा हत्या पुष्टी गरिएको छ, प्रहरी अनुसंधान त्यस तर्फ किन मोडीदैन ?

यस्ता कैंयौ सवाल हरू छन सौरभ मृत्यू प्रकरणमा, त्यसैले यो घटनालाई सामान्य नबुझि गम्भिर प्रकृतीको घटना मानेर राज्यको चौंथो अंग मानेर बिश्वास गरिएको पत्रकार मित्रहरूले आ(आफ्नो मिडिया बाट बोल्ड तरीकाले उठाउनु हुन अनुरोध छ । माननिय सांसद हरूले पनि सदनमा कडा आवाज उठाउन ढिलो भैसकेको होकी भन्ने लागेको छ । आम सचेत नागरिकले जो जहाँ बाट जे जसरी सम्भब हुन्छ त्यसै गरी यस घटनाको सुचना प्रवाह गरी राज्य लाई झक्झकाउन बिन्ती गर्दछु ।

सौरभ मेरो छोरा मात्र हैन राज्यले आफ्नै खर्च गरी पढाएको राज्यको उत्पादन हो, आम नेपाली नागरीकको सम्पती हो भनेर बुझ्नु भै यो घटनाको सत्य तथ्य सार्वजनिक गर्न दवाव दिन आंशु मिश्रीत बिन्ती गर्दछु ।