एमाले छाड्ने संकेत गर्दै भीम रावलले भने- सधैँ घचेटिरहे नयाँ कदम चाल्छु

एमाले छाड्ने संकेत गर्दै भीम रावलले भने- सधैँ घचेटिरहे नयाँ कदम चाल्छु


काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन् । मंगलबार कैलालीमा पत्रकार सम्मेलन गरेर उनले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताए ।

यदी एमालेमै बस्न नदिनेगरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ । राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको नेता रालवले दाबी गरे ।  उनले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’, उनले भने ।