निर्मला हत्या प्रकरणः अनुसन्धान प्रभावकारी वनाउन एसपी दुर्गा सिहंलाई कञ्चनपुर पठाइयो

निर्मला हत्या प्रकरणः अनुसन्धान प्रभावकारी वनाउन एसपी दुर्गा सिहंलाई कञ्चनपुर पठाइयो


काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार हत्या प्रकरणको अनुसन्धान प्रभावकारी वनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर लागेकी छन्।  पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली कञ्चनपुर खटाइएको हो ।

‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले भने, ।

१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि उनका बुवा आमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन् ।

यो पनि पढ्नुहोस् :

निर्मला हत्या प्रकरण: मुख्य अभियुक्त भनिएका विष्ट निर्दोष सावित, एसपि निलम्बनमा परे महानिरिक्षक जिम्मेवार बनेनन्

निर्मला हत्याकाण्ड : सीआइबीका डीएसपी अंगुरसहित पाँच प्रहरी निलम्बित

प्रधानमन्त्री ओलीले भने : निर्मला हत्याको अपराधी जतिसुकै शक्तिशाली भएपनि उम्कन सक्दैन