अख्तियार प्रमुखमा सिफारिस घिमिरेकाे सुनुवाइ ४ गते

अख्तियार प्रमुखमा सिफारिस घिमिरेकाे सुनुवाइ ४ गते


काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई असाेज ४ गते हुने भएकाे छ ।

विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई संसदीय सुनुवाइमा बाेलाउने निर्णय गरेकाे हाे । परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदले गत भदौ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिस गरेको हो।

संवैधानिक अंगका प्रमुखको संवैधानिक परिषदले गरेको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेको छैन। समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म १० दिनको समायवधि राखेर उजुरी आह्वान गरेको थियो। समितिले दिएको १० दिनको मसयावधि सोमबार सकिएको छ भने उनीविरुद्ध उक्त अवधिमा कुनै पनि उजुरी परेनन्।