रविविरुद्धको उजुरीमाथि निर्णय नभएसम्म चितवनमा मतगणना हुन नदिने कांग्रेसको अडान

रविविरुद्धको उजुरीमाथि निर्णय नभएसम्म चितवनमा मतगणना हुन नदिने कांग्रेसको अडान


काठमाण्डु-  नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार रवि लामिछानेविरुद्ध परेको उजुरीमाथि निर्णय नभएसम्म चितवन २ मा मतगणना हुन नदिने बताएको छ ।

कांग्रेले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम् मतगणना हुन नदिने अडान राखेपछि आज चितवन २ मा भएको उपनिर्वाचनको मतगणना नहुने भएको हो ।

मतगणना स्थलमा दलका प्रतिनिधिको उपस्थितिमा सर्वदलीय बैठक बस्ने तयारी छ । तर, उक्त बैठक नबस्दै कांग्रेसले उजुरीबारे निर्णय नभएसम्म मतगणना सञ्चालन हुन नदिने चेतावनी दिएको छ ।

चितवन २ मा रास्वपाका उम्मेदवार लामिछानेले मतदानस्थलहरु निरीक्षणका क्रममा मतदातालाई प्रभावित गर्ने उद्देश्यले कार्यकर्तामार्फत हुलहुज्जत गराएको भन्दै कांग्रेस प्रतिनिधिले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।