नेपाली सेनाका दिनेश श्रेष्ठले तोडे १९ वर्ष पुरानो रेकर्ड

नेपाली सेनाका दिनेश श्रेष्ठले तोडे १९ वर्ष पुरानो रेकर्ड


काठमाडौं– नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा नयाँ कीर्तिमान कायम गरेका छन्।

 

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

 

 

एक सय पाँच केजी तौल समूहअन्तर्गत स्नाचतर्फ १९ वर्षअघि मदन शिवभक्तिका नाममा रहेको कीर्तिमान भंग गर्दै श्रेष्ठले नयाँ कीर्तिमान कायम गरे।
शिवभक्तिले आठौँ साफ गेममा कीर्तिमान कायम गरेका थिए।

 

 

स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्यपदक पाए। त्यसैगरी क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पदक हासिल गरे।

 

उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे। नेपाल प्रहरीका सन्देशले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमदले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए।