बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

 

 

 

पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन ।

 

 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

 

सहिद घोषणा गरिएकाहरू

 

 

-गोपालआनन्द राई

 

-गंगाबहादुर तुर्हाङ राई

 

-भैरवबहादुर खालिङ

 

-बलबहादुर खत्री

 

-पुत्रमान राई

 

-टंकबहादुर विश्वकर्मा

 

-रणध्वज पुमा राई

 

-गणेशबहादुर विश्वकर्मा

 

-हाङ्खिमा साइँली राई

 

-झगेन्द्र राई

 

-धनवीर दर्जी

 

-चन्द्रबहादुर दमाईं

 

-रामकुमारी राई

 

-गम्भीरमान दर्जी

 

-केशरमान राई

 

-लाखमान साधु राई

 

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।