पोखरालाई खेलकुदमा विकास गर्ने प्रमुख एजेण्डा : राजीव पहारी

पोखरालाई खेलकुदमा विकास गर्ने प्रमुख एजेण्डा : राजीव पहारी


पोखरा– युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सभाका सांसद राजीव पहारीले रमणीय स्थल पोखरालाई खेलकुदमा विकास गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्।

 

 

शनिबार १२ औं दक्षिण एसियाली सेभेन ए साईड फुटबल प्रतियोगितामा अध्यक्ष पहारीले देश विकासको मुुख्य कार्यमध्ये खेलकुद पनि अभिन्न अंग भएको बताए।

 

खेलकुद भनेको एउटा स्वास्थ्यको दृष्टिकोणले मात्र राम्रो नभई देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउने अभिन्न अंग रहेको उनले बताए।

 

माछापुच्छ्रे हिमालको काखमा रहेको तथा फेवातालको मुखैमा रहेको पोखरा नेपालको मुख्य तथा आकर्षक पर्यटकीय स्थल भएको र यसलाई अझ बढी पर्यटकीय तथा सुविधासम्पन्न बनाउनु आफु अहोरात्र खटिरहने पहारीले बताए।

 

 

पोखरामा रहेको सम्पूर्ण खेलकुदका मैदानहरु विश्वमा सायदै कुनै पनि मुलुकमा नरहेको बताउँदै उनले यहाँ रहेका खेलकुद ग्राउण्डहरुलाई विकसित तथा परिकृत गर्दै जानुपर्ने बताए।

 

 

४ नम्बर प्रदेशको राजधानीको रुपमा हेरिएको पोखरा आर्थिक, सामाजिक, पर्यटकीय, वातावरणीय तथा सांस्कृतिक रुपमा विश्व सामु परिचित रहेको र आगाममी दिनमा यसलाई अझ बढी विकसित गराई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटक भित्र्याउने तथा खेलकुदका कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमा उनको जोड छ।