भारतिय गूप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख बताउने नौनिया ठगिको आरोपमा पक्राउ

भारतिय गूप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख बताउने नौनिया ठगिको आरोपमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले आफुलाई नेपालस्थित भारितय गूप्तचर संस्था ‘रअ’ को प्रमुख बताउने एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले राजविराज घर भएका रमानन्द नौनियालाई पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।  

 

स्रोतकाअनुसार अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले नौनियालाई काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो । उनले नेपालस्थित विभिन्न देशका राजदूतावासमा जागिर लगाईदिन्छु भनि ठगि गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरीले नौनियासहित पदम श्रेष्ठ,चित्रबहादुर श्रेष्ठ,सन्तोष कार्की र गिता महर्जनलाई पक्राउ गरेको छ । उनिहरुले भारतिय दूतावासको लेटरहेड प्रयोग गरि करिव ६० जनासंग ३ देखी ५ लाखसम्म असुल गरेको भेटिएको छ । उनिहरुमाथी थप अनुसन्धान गर्ने भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद समेत थप गरेको छ ।

 

प्रहरीले नौनियाको साथबाट भारतिय दूतावास लेखिएको लेटरप्याडमा दिइएको नियुक्तीपत्र र ग्यारेण्टी लेटर समेत बरामद गरेको छ । उनले केही युवाहरुलाई जागिरमा नियुक्ती गर्नुअघि काठमाडौंका विभिन्न ठाउहरुको निगरानी गर्न समेत लगाएको भेटिएको छ ।

 

युवाहरुले तयार पारेको रिपोर्ट समेत प्रहरीले नौनियाबाट फेला पारेको छ । उनले साइबरमा गएर नककली डकुमेण्ट तयार पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

 

नियुक्ती पत्र पाएका र नपाएकालाई जनवरी २०१८ बाट भारतमा तालिमका लागी पठाउने नौनियाले बताएको पिडीतहरुले महाशाखामा दिएको उजुरीमा उल्लेख गरेका छन् । भारतिय गुप्तचर संस्थामा काम गर्ने भन्दै जागिरका लागी नौनियालाई पैसा बुझाउने युवाहरुमाथी समेत अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।