एपिएफ खप्तड गोल्डकपको फाइनलमा प्रवेश

एपिएफ खप्तड गोल्डकपको फाइनलमा प्रवेश


धनगढी– विभागीय टोली एपिएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तडगोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

 

आइतबार धनगढी रंगशालमा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो।

 

एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए। लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए।

 

सोमबार हुने फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मीसँग भिड्ने छ।

गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल प्राप्त गर्नेछन्।