निर्मला हत्याकाण्ड : उच्चस्तरीय छानविन समितिले मंगलबार प्रतिवेदन बझाउँदै

निर्मला हत्याकाण्ड : उच्चस्तरीय छानविन समितिले मंगलबार प्रतिवेदन बझाउँदै


काठमाडाैं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरीय समितिले मंगलबार सरकारलार्इ  प्रतिवेदन बुझाउने भएको छ।

७ भदाैमा कारागार व्यवस्थापन विभागका सहसचिव  हरिप्रसाद मैनालीकाे नेतृत्वमा गठित छानविन समितिले मंगलबार गृहमन्त्रालयलार्इ  प्रतिवेदन बुझाउन लागेको हाे।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएकोमा त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएकाे थियाे। जसअनुसार सरकारले थप पाँच प्रहरी अधिकृतलार्इ निलम्बन गरेकाे थियाे।

यसअघि समितिका एक जना सदस्य वीरेन्द्र केसीले निर्मलाका हत्यारा शत्तिशाली भएको दाबी गर्दै आफ्नो ज्यान असुरक्षित भएको भन्दै राजीनामा दिएका थिए। त्यस क्रममा उनले निर्मलाको हत्याराबारे सबै कुरा बताउँदा समाजमा अशान्ति हुनसक्ने पनि बताएका थिए।

पछि ‘राजनीतिक दबाब’मा उनले राजीनामा फिर्ता लिएर पुनः समितिमा फर्किएका थिए।

निर्मलाकाे बलात्कार पछि हत्या भएकाे घटनाकाे करिब दुर्इ महिना पुग्नलाग्दा र थुप्रै समिति बनिसक्दासमेत हत्यारा पत्त्ता लाग्न सकेकाे छैन। हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा भएकाे अान्दाेलनमा १३ वर्षीय बालक सनि खुनाले ज्यान गुमाएका थिए।