सावधान! अश्लिल वेबसाइट हेरे पाँच लाखसम्म जरिवाना तिर्नुपर्ला, यसरी हुनेछ नियमन

सावधान! अश्लिल वेबसाइट हेरे पाँच लाखसम्म जरिवाना तिर्नुपर्ला, यसरी हुनेछ नियमन


काठमाडौं– सरकारले इन्टरनेटको माध्यमाबाट हुने यौनजन्य अश्लिल सामाग्री राख्ने साइटलाई  बन्द गर्न र त्यस्ता साइट नहेर्न निर्देशन दिएकाे छ।

इन्टरनेटको सहज पहुचका कारण यौन जन्य साइटहरुका कारण मुलुकमा यौनजन्य हिंसा बढेको भन्दै दुरसंचार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरुलाई त्यस्ता साइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हाे।

निर्देशन पालना नगरे अनुमतिपत्र रद्दका साथै कानूनअनुसार कारवाही हुने प्राधिकरणले जनाएको छ । निर्देशनको पालना नगरेको पाइएमा दुरसंचार ऐन २०५३ बमोजिम जरीवानाको साथै अनुमति पत्र रद्ध हुने सम्मको कारवाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।

अब यौनजन्य सामाग्री साइट हेर्ने व्यक्ति र उपलब्ध गराउने सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउन सक्नेछ।

मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै  यस्तो निर्देशन दिइएकाे बताइएकाे छ।