सीआईबीको उपलब्धी : हजुरबुबा र हजुरआमाको हत्या गर्ने ७ वर्षपछि पक्राउ

सीआईबीको उपलब्धी : हजुरबुबा र हजुरआमाको हत्या गर्ने ७ वर्षपछि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले हजुरबुवा र हजुरआमाको हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ । सात वर्षअघि दाङमा हत्या गरेर फरार रहेका नरेशकुमार चौधरीलाई सिआईबीले बांकेको कोहलपुरबाट पक्राउ गरेको छ ।

 

 

सीआइबीका प्रवक्ता डिएसपी जीवन श्रेष्ठले चौधरीलाई हत्या आरोपमा उनलाई सोमबार बांकेको न्यूरोडबाट पक्राउ गरेको जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका चौधरी हजुरबुवा र हजुरआमाको हत्या गरेर भागेर भारत पुगेका थिए । माघे संक्रान्तिको अवसर पारेर उनि नेपालगंज आएको बेला चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।  

 

डिएसपी श्रेष्ठकाअनुसार चौधरीले २३ जेठ ०६७ मा दाङको परस्पुर गाविस–५ बस्ने हजुरबुबा ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय हजुरआमा आशुकुमाल चौधरीको हत्या गरेका थिए ।