पाँच ठेकेदार कम्पनी कालोसूचीमा, एकदेखि तीन वर्षसम्म कारोबार गर्न नपाउने

पाँच ठेकेदार कम्पनी कालोसूचीमा, एकदेखि तीन वर्षसम्म कारोबार गर्न नपाउने


काठमाडौं– सरकारले समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्दै कारबाही गरेको छ।

 

सार्वजनिक खरिद अनुुगमन समितिले प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो।

 

टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको

 

नारायणदास श्रीनिवास र काठमाडौँकै पवन कुमार÷नितेश कुमार कालोसूूचीमा परेका छन्।

 

यसैगरी, ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई कालोसूचीमा राखिएको छ।

 

अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाका अनुसार ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन्।