नयाँ सरकार गठन अघि नै पार्टी एकता, वाम सरकार फागुनमा : खनाल

नयाँ सरकार गठन अघि नै पार्टी एकता, वाम सरकार फागुनमा : खनाल


लमजुङ– एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी फागुन तेस्रो साताभित्र वाम नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन्।

 

लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा नेता खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको र संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साताभित्र वाम नेतृत्वको सरकार बन्ने बताएका हुन्।

 

 

सरकार गठनअघि एमाले र माओवादी केन्द्रबीच एकता हुने उनले बताए।

 

‘हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ,’ उनले भने।नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताए।