राष्ट्रपतिमा दोहोरिन यस्तो छ भण्डारीको ‘डिनर पोलिटिक्स’, पद बाँडफाँडको गृहकार्य सुरु

राष्ट्रपतिमा दोहोरिन यस्तो छ भण्डारीको ‘डिनर पोलिटिक्स’, पद बाँडफाँडको गृहकार्य सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा  एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य सुरु भएको छ । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य सुरु भएको हो ।

 

 

 

अब बन्ने नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखमा पुन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुखमा ओनसरी घर्तीले लबिङ थालेका छन् । संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने प्रावधान भएपछि भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि आफैं लबिङमा जुटेकी छन् ।

 

 

 

एमाले अध्यक्ष केपी ओलीले पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान लिँदै आएका छन् । तर एमालेभित्र वरिष्ठ नेता झलनाथ खनालले पनि चासो देखाएका छन् ।  एमालेभित्र नयाँ जनादेशअनुसार भण्डारीलाई नै दोस्रोपटक राष्ट्रपति बनाउनुको सट्टा वरिष्ठ नेता खनाललाई बनाउनुपर्ने दबाब ओलीमाथि परेको छ ।

 

 

 

 

 

राष्ट्रपति बनाउन ओली सकारात्मक भएपछि राष्ट्रपति भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्ने खेलमा लागेको बताइएको छ । केही दिनअघि राष्ट्रपतिले प्रचण्ड परिवारलाई डिनरसहितको भेटघाट गरेकी थिइन् । प्रचण्ड परिवारलाई आफ्नै निवासमा दिएको डिनर पार्टीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । आजको समाचारपत्रमा खबर छ ।