काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माघ ४ गते स्वदेश फर्कने भएका छन् । लामो समयदेखी मृगौला पिडीत रहेका ओलीले एक वर्षदेखी थाइल्याण्डको राजधानी बैंककस्थित बुमरुङगार्ड अस्पतालमा उपचार गर्दै आएका छन् ।
ओली पुष २६ मा डाक्टरको सल्लाहअनुसार थप उपचारका लागी बैंकक गएका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका ओली हाल उपचारपश्चात बैंककमा नै आराम गरिरहेका छन् । उनले बैंककमा रहदा कुटनितिक भेटघाट समेत गरेको स्रोतको दाबी छ ।
एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले आगामी विहिवार ओलीको स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।
प्रतिक्रिया