पर्यटनमन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधे ९ बुँदे स्पष्टीकरण

पर्यटनमन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधे ९ बुँदे स्पष्टीकरण


काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधेका हुन् । अधिकारीमाथि प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लागेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

त्यस्तै अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थाबारे पनि जिम्मेवारी अधिकारीका हिसाबले मन्त्री किरातीले उनीसँग जवाफ मागेका छन् ।

मन्त्री किरातीले महानिर्देशक अधिकारीले सांसदलाई आर्थिक प्रलोभनमापारी विरुद्धमा बोल्न लगाएको बताउँदै आएका छन्। तत्कालिन उड्डयन मन्त्री प्रेम आलेले धिकारीलाई महानिर्देशकमा नियुक्त गरेका थिए । पछिल्लो समय प्रेम आले किरातीका नीतिको विपक्षमा चर्को बोल्ने गरेका छन् । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पतिमासमेत अधिकारीको छानविन गरिरहेको छ ।

  11687844804.jpg

21687844804.jpg31687844805.jpg