राजपाको समानुपातिक सूचीमा को–को परे?

राजपाको समानुपातिक सूचीमा को–को परे?


काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सदस्यको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

 

 

आयोगले प्रदेशसभाको समानुपातिक परिणाम सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेका बेला राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर आफै गएर सो सूची बुझाएका हुन्।

 

राजपा नेपालले आज बुझाएको सूचीमा परेका प्रदेश दुई, पाँच र सातबाट ६ जनाको नाम परिमार्जन गरेको राजपा नेपालले जनाएको छ ।

 

राजपा नेपालले दुई नम्बर प्रदेशबाट रामनरेश राय, जानकी शरण साह, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, अल्का कुमारी झा, रिना यादवको नाम आयोगमा बुझाएका छन् ।

 

यसअघि नाम रहेका रामप्रवेश वैठा, पुनम यादव, विवा ठाकुर, लैला खातुनलाई राजपाले सूचीबाट राजापले हटाइएको छ ।

 

 

त्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम राजपाले आयोगमा बुझाएको छ।

प्रदेश नम्बर सातमा सुनीता चौधरी र प्रदेश नम्बर पाँचमा महम्मद कादीर शेखलाई राजपाले परिमार्जित सूचीबाट हटाएका छन्।