सट्टेबाजका नाइके नागराजमाथि सम्पत्ति शुद्धीकरण मुद्दा

सट्टेबाजका नाइके नागराजमाथि सम्पत्ति शुद्धीकरण मुद्दा


काठमाडौं – सट्टेबाजका नाइके अमृत अग्रवालउर्फ नागराजले विश्वकप फुटबल र इन्डियन प्रियमिर लिग (आइपिएल) मा कुन टिमको हारजित हुन्छ भनि सट्टेबाजी खेलाई तेब्बर रकम दिन्छु भनी ३ करोड ठगी गरेको अभियोगमा उनलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाइएको छ।

यसअघि उनलाई महागनरीय अपराध अनुसन्धान महाशाखाले ठगी मुद्दामा १० असारमा पक्राउ गरेको थियो । सिफलका राकेश सिंह लगायतका व्यक्तिहरुबाट आर्इपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर उनले २ करोड ४० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

जनकपुर–३ घर भएका उनी त्यसबेला काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका थिए। साउन ३ गते काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। पछि उच्च अदालत पाटनले भदौ २१ गते ४० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

अदालतकै पत्रअनुसार बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसान्धान गर्नुपर्ने देखिएको भन्दै बिहीबार विभाग पठाइएको महाशाखाले जनाएको छ।