सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो


काठमाडौं– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

 

 

मूल्यवृद्धिको विरोध भइरहेका बेला नेपाल आयल निगले बुधबार फेरि मूल्य बढाइएको हो।

 

 

 

निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्यवृद्धि गरिएको छ। परिवर्तित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७१ रुपैयाँ पुगेको छ।

 

 

नयाँ मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

 

ग्यास र हवाई इन्धनको भने मूल्यवृद्धि भएको छैन।