एमाले अध्यक्ष ओली आज काठमाडौं फर्कदै, उपचारपछि ओलीको स्वास्थ्य अवस्थामा चमत्कार

एमाले अध्यक्ष ओली आज काठमाडौं फर्कदै, उपचारपछि ओलीको स्वास्थ्य अवस्थामा चमत्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली एक साता लामो बैंकक बसाईपछि आज स्वदेश फर्कदै छन् । नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा गत २६ पुसमा थाइल्यान्डको राजधानी बैंकक गएका ओलीको बिहिवार दिउसो स्वदेश फर्कने कार्यक्रम छ  ।

 

उनि स्वास्थ्य परीक्षण सकेर केही दिन बैंककमै आराम गरिरहेका थिए ।  आठ दिनको बैंकक बसाईमा ओलीले भारत र चीनका दूतसंग भेटवार्ता गरेको स्रोतको दाबी छ ।

 

ओलीका प्रेस संयोजक चेतन अधिकारीले एमाले अध्यक्ष ओली थाई एअरवेजको विमानबाट अपराह्न साढे १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको बताए । उनकाअनुसार बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएका छन् ।