दिल्लीमा सिसिटिभिबाट कक्षा कोठाको निगरानी

दिल्लीमा सिसिटिभिबाट कक्षा कोठाको निगरानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली– भारतको राजधानी दिल्लीका अभिभावकहरूले अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षा कोठामा हेर्न पाउने छन् ।
एउटा मोबाइल फोनको एप प्रयोग गरेर उनीहरूले अफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन् ।

 

दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सिसिटिभी जडान गरिने बताएका हुन् ।
उनले उक्त कदमले विद्यालयहरूलाई पारदर्शी र जवाफदेही बनाउने आफ्नो आशा रहेको बताए ।

हमला

 

त्यसरी सिसिटिभी जडान गरिनुमा बालबालिका सुरक्षित हुन् भन्ने आशय पनि रहेको बताइएको छ ।

 

सन् २०१७ को सेप्टेम्बरमा एक विद्यालयको बाथरूममा एकजना बालक घाटी काटिएको अवस्थामा फेला परेका थिए ।
दिल्लीबाट ३२ किलोमिटरको दुरीमा रहेको गुरगाउंस्थित रायन अन्तर्रा्ष्ट्रिय विद्यालयमा उक्त घातक हमला भएको थियो ।

 

त्यसको केही दिनपछि राजधानीकै पूर्वमा रहेको एक विद्यालयमा एक पांंच वर्षीया बालिका पनि बलात्कृत भएकी थिइन् ।

 

मुख्यमन्त्री केजरीवालको यो घोषणालाई केही अभिभावकहरूले स्वागत गरेका छन् भने केहीले हास्यास्पद भनेका छन् ।
त्यस्तै केहीले चाहि निगरानीपूर्ण समाज बनाउन लागेको संकेत भएको बताएका छन् ।

 

एकजना आलोचकले ट्वीटरमा उक्त निर्णयबारे सचेत गराउंदै कक्षाकोठामा के भइरहेको छ भन्नेबारे लाइभ भिडियोबाट जांच गर्दा बालबालिकामाथि एकदमै धेरै निगरानी गरेको देखिने र त्यसले अपराध हुन नदिने मात्रै नभइ बालबालिकाको नैतिक व्यवहार र आचरणलाई पनि नियन्त्रण गर्ने बताएका छन्।

वीवीसी