काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधान र गृहमन्त्री रामबहादुर थापा बादलबीच शुक्रबार गृहमन्त्रालयमा भेटवार्ता भएको छ ।
सो भेटमा नेपाल-भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमासमेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।
उनले नेपाल-भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधीन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए । भेटमा नेपालका लागि भारतीय राजदूत रणजित रायपनि सहभागी थिए ।
प्रतिक्रिया