प्रचण्डको भेटघाट कार्यक्रम अब पेरिसडांडाबाट मात्र हुने

प्रचण्डको भेटघाट कार्यक्रम अब पेरिसडांडाबाट मात्र हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडांडाबाट मात्र हुने भएको छ ।

 

प्रचण्डलाई भेट्न दिनहुं सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेरिसडांडाबाट गर्न लागिएको हो । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्ड आफैले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट पाउने छैनन् ।

 

पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले प्रचण्डसंगको परामर्शमा सचिवालयले यस्तो निर्णय गरेको हो । प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्डसंग भेटघाटको समयका लागि केन्द्रीय कार्यालयका मूख्य सचिव प्रकाश पोखरेल मार्फत गर्न आग्रह गरेको छ ।