फेरि विवाह गर्दैछन् ऋतिक !

फेरि विवाह गर्दैछन् ऋतिक !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऋतिक रोशन फेरि एकपटक विवाह गर्ने विषयमा सोचिरहेका छन् । मिडियाहरुमा पनि उनको विवाहका विषयमा काफी चर्चा हुन थालेको छ । रोचक त के भने ऋतिकले विवाह गर्न खोजेकी युवती अरु कोही नभएर उनकी एक्स वाइफ सुजैन खान नै हुन् ।

 

 

 

भारतीय मिडियाहरुकाअनुसार करिब ३ वर्ष पहिले सुजैनलाई डिभोर्स दिएका ऋतिक एक पटक फेरि आफ्नी एक्स वाइफसँग विवाह गर्ने विषयमा सोचिरहेका छन् । उनीहरु दुवै अक्सर आपसमा क्वालिटी टाइप पनि बिताइरहेको देखिन्छन् । एक पपुलर बेबसाइटकाअनुसार दुवैका एक नजिकका साथीकाअनुसार ऋतिक र सुजैन फेरि एक हुने विषयमा छलफल गरिरहेका छन् ।

 

 

 

आफ्नो सम्बन्धलाई लिएर भएको विवादका विषयमा उनीहरुले अहिले राम्रैसँग बुझिसकेकका छन् । उनीहरु ऋहिले एक दोस्रोलाई समय दिइरहेका छन् र चाडै सँगै हुनेछन् । उनीहरुका दुई वटा बच्चा ऋहान र ऋदानका लागि पनि उनीहरु सँगै हुने सम्भावना बढी रहेको बताइएको छ ।

 

 

 

अहिले उनीहरु बच्चाहरुसँगै अक्सर आउटिङ र रेष्टुरेन्ट बाहिर पनि देखिने गरेका छन् । उनीहरु बच्चाको उचित लालनपालनमा आमा र बुवा दुवैको कमी हुन नदिनका लागि पनि एक हुने निर्णयमा पुग्न लागेका हुन् ।

 

 

१० जनवरीमा ऋतिकले आफ्नो ४४ औं वर्थ डे मनाएका थिए । यस मौकामा उनकी एक्स वाइफ सुजैनले ऋतिकको फोटो सेयर गर्दै आफ्नो लाइफका सनसाइन भनेर लेखेकी थिइन् ।