मनोज पुन समूहले व्यवयायी पौडेलको हत्या गरेको पुष्टि,हत्यामा संलग्न तीन पक्राउ

मनोज पुन समूहले व्यवयायी पौडेलको हत्या गरेको पुष्टि,हत्यामा संलग्न तीन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही– प्रहरीले व्यवयायी हत्याको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । एमाले निकट काठ मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न रहेको आरोप तीन जना पक्राउ परेको रुपन्देहीका डीएसपी डिल्लानारायण पाण्डेले जानकारी दिए ।  

 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीनै जना गुण्डा नाइके मनोज पुन समूहका सदस्य भएको खुलेको छ । हत्या काण्डका मूख्य नाईके पुनलाई पक्राउ गर्न भने प्रहरी असफल भएको छ ।

 

डीएसपी पाण्डले पक्राउ परेकाहरुको नाम भन्न नमिल्ने बताए । पौडेलको गत पुस २१ गते रुपन्देहीको देवदहमा गोलि प्रहारबाट हत्या भएको थियो ।