पार्टी एकता टुंगिनै लागेको बेला प्रचण्डलाई किन भेटे उत्तर कोरियन राजदूतले ?

पार्टी एकता टुंगिनै लागेको बेला प्रचण्डलाई किन भेटे उत्तर कोरियन राजदूतले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो ।

 

 

भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई पनि दिए । हाकले आगामी सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका छन् ।

 

हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरे ।

 

 

जवाफमा अध्यक्ष प्रचण्डले कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल पठाउने जानकारी गराए ।

 

अध्यक्ष प्रचण्डले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए ।

 

 

भेटमा  प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले (माओवादी बीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको जानकारी समेत गराए ।