काठमाडौं – बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) ले नेपालसामु जितका लागि २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।
दुबै टोली यसअघिका दुई-दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।
प्रतिक्रिया