समृद्धिको पक्षमा मिलेर काम गर्न प्रदेश प्रमुख कोइरालाको अनुरोध

समृद्धिको पक्षमा मिलेर काम गर्न प्रदेश प्रमुख कोइरालाको अनुरोध


हेटौंडा- मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । आज जेष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख का सांसद डोरमणी पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउनुभएको हो भने सांसद पौडेलले १ सय १० सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभामा सपथ गराउनुभयो ।

 

हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका गरि १ सय १० जना सांसदहरु शपथ ग्रहण गर्नुभएको हो ।

 

शनिवार साँझ मात्रै ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहणपछि परिचयात्मक कार्यक्रममा कोइरालाले विकास र समृद्धिको पक्षमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो।

 

हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, मकवानपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, क्षेत्रीय कार्यालयका प्रमुखलगायतले स्वागत गरेका थिए।