रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

सुशासन, सामाजिक न्याय र आर्थिक विकास र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दालाई संवादमार्फत् हल गर्दै जानुपर्ने विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा पार्टीका तर्फबाट महामन्त्री डा. मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य शिशिर खनाल र प्रतिनिधिसभा सदस्य मनिष झा लगायत सहभागी रहेका थिए ।