प्रहरी महानिरीक्षक हटाउन चौतर्फी दबावः आईजिपीलाई नै बर्खास्त गर्न विद्यार्थी संगठनको माग

प्रहरी महानिरीक्षक हटाउन चौतर्फी दबावः आईजिपीलाई नै बर्खास्त गर्न विद्यार्थी संगठनको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थी संगठनहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले एसिड काण्ड र बलात्कार काण्डमा प्रहरी नै चुकेको भन्दै प्रहरी महानिरीक्षक खनालको राजिनामा माग गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलसंग विहिवार विहान उनिहरुले प्रहरी चुकेको भन्दै आईजिपी खनालको राजिनामा माग गरेका हुन् । विद्यार्थी संगठनले बुझाएको ६ बुदे मागपत्रमा आईजिपी खनाललाई तुरुन्त बर्खास्त गर्न भनिएको छ ।

उनिहरुले कार्यबाहक प्रधानमन्त्रीसंग समेत यसबारेमा लिखित ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले पछिल्लो समय देशभर घटेका घटनाहरुमा प्रहरी नेतृत्व असफल भएको भन्दै प्रहरी महानिरीक्षकलाई अविलम्ब बर्खास्त गर्न माग गरेको बताए ।

उनले निर्मला पन्तको घटनामा बनेको छानविन समिति प्रतिवेदन समेत सार्वजनिक गर्न गृहमन्त्रीसंग माग गरेको जानकारी ।
कप्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ट प्रहरी बनाउने दाबी गरेपनि उनि नेतृत्वमा आएदेखी नै प्रहरी बिवादमा तानिएको छ । देशभर बलात्कार,हत्या,हिंसा र लुटपाटका घटनाको अनुसन्धान गर्न प्रहरी असफल भएको छ ।

कंचनपुरमा १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा समेत प्रहरी महानिरीक्षकको भुमिका निकै कमजोर देखिएको छ । खनालले नै कंचनपुरका तत्कालिन एसपी दिल्लीराज विष्टलाई निलम्बन गरेर थुन्न खोज्दा जोगाएका थिए ।

देशभर घटेका विभिन्न घटनामा प्रहरीको आलोचना भइरहेको बेला प्रहरी महानिरीक्षक भने देश दौडाहामा पुर्वी तराईको भ्रमणमा निस्किएका थिए । खनालमाथी पछिल्लो समय प्रहरीमा गुट खडा गरेको, व्यवसायीक अधिकृतहरुलाई सरुवा बढुवा गर्दा पछि पारेको लगायत आरोप छ । उनले आफ्नो पद जोगाउन राजनीतिक दबावमा काम गरेको आरोप समेत उनिमाथी छ ।

व्यवसायीक अधिकृतहरुलाई पाखा लगाएकै कारण प्रहरी अपराध,अनुसन्धानमा असफल भएको बताइन्छ । खनालले लामो समयदेखी प्रहरीमा एआईजीको बढुवा रोकेको भन्दै उनको आलोचना भएको थियो ।

खनाल यसअघि प्रहरीमा एसएसपी हुंदा दुई नम्बरमा रहेपनि तत्कालिन प्रधानमन्त्रीका एक जना नातेदारको जोड बलमा बढुवामा एक नम्बरमा आएका थिए । उनलाई महानिरीक्षक बनाउने प्रधानमन्त्री केपी ओली नहुंदा नहुंदै सहयोद्धा नेताहरुको दबावमा खनाललाई आईजिपी बनाईएको थियो ।

प्रधानमन्त्री ओलीले खनाललाई आईजिपी बनाउने निर्णय भएको मन्त्रीपरिषदको बैठकमा प्रहरीमा को कसरी सिनियर जुनियर भएको भन्ने कुरा आफुलाई थाहा भएको भन्दै परिस्थितीजन्य निर्णय गर्न लागेको बताएका थिए । प्रधानमन्त्री निकट स्रोतकाअनुसार प्रधानमन्त्री नेपाल प्रहरी र शसस्त्र प्रहरीको हालको नेतृत्वको कामप्रती त्यतिबेला नै सन्तुष्ट थिएनन् ।

पछिल्लो समय दुवै संगठनका प्रमुखका गतिबिधीबाट यसअघि गृहमन्त्री रहिसकेका प्रधानमन्त्री ओलीको त्यतिबेलाको अडान् नै सही रहेको सावित भएको छ । ‘ पछिल्लो समय दुवै संगठनका प्रमुखको कार्यक्षमताले सबै कुरा देखाइसकेको छ,प्रधानमन्त्रीज्यूले अहिलेको नेतृत्वको बारेमा यसअघि गरेको मुल्यांकन नै सही रहेछ ।’ प्रधानमन्त्री निकट एक नेताले भने ।

उता, सशस्त्र प्रहरी महानिरीक्षक खनाल समेत मन्त्रिपरिषदको निर्णय नै किर्ते गरेको समाचार प्रकाशित भएपछि बिवादमा तानिएका छन् । यसबारेमा गृहमन्त्रालय र राष्ट्रिय सर्तकर्ता केन्द्रले समेत सशस्त्र मुख्यालयसंग स्पष्टिकरण सोधिसकेको छ । प्रधानमन्त्री ओलीले समेत प्रहरीको भुमिका कमजोर भएको भन्दै इमान्दार भएर काम गर्न आईजिपी खनाललाई निर्देशन दिइसकेका छन् । संसदको समितीमा समेत उनको भुमिका कमजोर भएको भन्दै आलोचना भएको छ ।