सिंहदरबारकै गेटमा गृहमन्त्री र आईजिपीको राजीनामा मागियो

सिंहदरबारकै गेटमा गृहमन्त्री र आईजिपीको राजीनामा मागियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै बिहिवार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ ।

बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको ठाउंमा धर्ना दिएका हुन् ।

उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्नुपर्ने माग राखेका छन् । साउन ११ गते बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन् ।

सरकारले घटनाको छानविन गर्न समिति बनाएपनि प्रहरी अनुसन्धानमा असफल बनेको छ । यसअघि निर्मलाका बुवाआमाले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकलाई भेटेर छोरीका हत्यारा पत्ता लगाउन आग्रह गरेका थिए ।

सत्तारुढ दलका विद्यार्थी संगठनले नै बिहिवार गृहमन्त्रीलाई भेटेर प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न ज्ञापनपत्र बुझाएका थिए ।